नेप्सेमा दोहोरो अंकको गिरावट

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २९२ पटक पढिएको

मंगलबार अर्थात साताको तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

ट्रेडिङ्ग समयमा तल माथी हुँदै गरेको नेप्से बन्द हुने समयमा घटेको हो। आइतबारको कारोबारमा ४० अंकले घटेको बजार सोमबार १५ अंकले बढेको थियो ।

आज  २८५१ बाट सुरु भएको परिसूचक बन्द हुने समयमा २८३५.५८ अंकमा पुगेको छ । अर्थात आज बजार परिसूचक १६.३० अंकले ‌घटेको छ । आजको कारोबारमा सेयर बजार परिसूचक १६.३० अंकले घटेको छ । आज सेन्सेटीभ इन्डेक्स २.८२ अंक अर्थात ०.५३ प्रतिशतले बढेर ५३२.५० अंकमा पुगेको छ ।

मंगलबार नेप्सेमा २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रूपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता सेयर ७१ हजार ३ सय ४० पटक किनबेच भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ४० कम्पनीका लगानीकर्ताको पोर्ट्फोलियो बढेको छ भने १ सय ४० कम्पनीको सेयर मूल्यमा ह्रास आएको छ । बजार ओरालो लागेपनी नेपाल इन्सोरेन्स कम्पनी, बुद्धभूमि नेपाल हाइड्रो पावर,राष्ट्रिय बीमा कम्पनी, विन नेपाल लघुवित्त वित्तिय संस्था तथा एनएमबि हाइब्रीड फण्ड कम्पनी सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी बनेका छन् ।

समूहगत परिसूचकतर्फ निर्जीवन बीमा समूह ०.४३ प्रतिशत, होटेल तथा ०.१२ प्रतिशत, व्यापार समूह ०.०९ प्रतिशत, म्यानिफ्यक्चिरङ एण्ड प्रोडक्सन समूह ०.३८ प्रतिशत तथा म्युचल फण्ड समूह ०.४७ प्रतिशतले बढेका छन् ।

त्यस्तै बैंकिङ समूह ०.३६ प्रतिशत,हाइड्रो पावर समूह १.५४ प्रतिशत, विकास बैंक समूह १.०२ प्रतिशत,माइक्रो फाइनान्स समूह ०.६५ प्रतिशत, फाइनान्स समूह ०.३७ प्रतिशत, तथा बीमा समूह १.०७ प्रतिशत, इन्भेष्टमेन्ट समूह १.५४ प्रतिशत, अन्य समूह ०.०९ प्रतिशतले घटेका छन् ।

आज घाटा बेहोर्ने पाँच कम्पनीहरुमा नेपाल हाइड्रो डेभलोपर्स कम्पनी, बोट्लर्स नेपाल तराई लिमिटेड, लिवर्टी इनर्जी कम्पनी, युनिभर्सल पावर कम्पनी तथा तेह्रथुम पावर कम्पनी रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित