वामदेव गौतमको आग्रह : एमसीसी फिर्ता गर

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२२ पटक पढिएको

राष्ट्रिय सभा सदस्य तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न भन्दै अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

विवादित अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति नभएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गरेका छन् । उनले एमसीसीले नेपालको अहित हुने कुरा बताएका छन् । 

मंगलबार बिहान जारी विज्ञप्तिमा गौतमले भनेका छन्, ‘वर्तमान एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर क्षतिको अवस्था सिर्जना गरेको छ । नेपालको अहिलेको जटिल अवस्थामा बनेको सरकार र संसद् रहेको अवस्थामा नेपाल सरकार र संसदले अनुमोदन गर्न सक्ने अवस्था देखिँदैन । यस्तो अवस्थामा एमसीसी परियोजना फिर्ता गरिदिन नेपाल सरकार र अमेरिकी सरकारलाई विनम्र अनुरोध गर्दछु। "

गौतमले एकपक्षीय रूपमा भएपनि अमेरिकी परियोजना फिर्ता गर्नुपर्नेमा जोड दिएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित