१,५७० जना संक्रमित थपिए, १३ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३४ पटक पढिएको
पछिल्लो २४ घण्टामा थप ६,१४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १,५७० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ६५ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९४.६ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७ पुगेको छ ।
त्यस्तै आज १ लाख ७८ हजार ५ सय ७९ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस