खुकुरी प्रहार गरी २ जनाको हत्या
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११२ पटक पढिएको
सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।
आइतबार साँझ बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी २ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । सोही स्थानमा बस्ने ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो ।
हत्यारा विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस