ओमिक्रोनको कारण बन्द भएका दिल्लीका विद्यालयहरु खुले

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३४ पटक पढिएको

कोरोनाको नयाँ भेरीएन्ट ओमिक्रोनको संक्रमणका कारण बन्द भएका दिल्लीका विद्यालयहरु आजबाट खुलेका छन् ।

संक्रमण घट्दै गएसँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि आजदेखि खुल्दै छन्। दिल्लीमा गत डिसेम्बरबाट ओमिक्रोन भेरियन्टका कारण विद्यालयहरू बन्द भएका थिए। शुक्रबार बसेको दिल्ली आपद् व्यवस्थापन प्राधिकरणको बैठकले उक्त्त निर्णय लिइएको हो।

शुक्रबार पत्रकार सम्मेलनमा दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले फेब्रुअरी ७ बाट विद्यालय र कलेजहरू खोल्ने जानकारी दिएका हुन् ।

नर्सरीदेखि आठ कक्षासम्मको कक्षा भने फ्रेवुअरी १४ बाट खुल्ने उनले बताएका छन्। दिल्लीमा कोरोना संक्रमणाका कारण लगाइएको कर्फ्यु पनि खुकुलो पारिएको छ। कर्फ्यु खुकुलो पारेसँगै अबदेखि दिल्लीमा राति ११ बजे देखि बिहान ५ बजेसम्म मात्र रात्रि कर्फ्यू लाग्नेछ ।

सोमबार अर्थात आज देखि सबै सरकारी तथा निजी कार्यालयहरू सबै खुल्ने सिसोदियाले बताए  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित