सरकारले कोभिड खोपविरुद्ध ल्याएको प्रावधानको विरोधमा राजधानी ओटावामा आन्दोलन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०५ पटक पढिएको

एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुले सरकारले कोभिड खोपविरुद्ध ल्याएको प्रावधानको विरोधमा राजधानी ओटावामा आन्दोलन गरेपछी आपतकाल घोषणा गरिएको छ।

आन्दोलन तिब्र रुपमा बढेसँगै ओटावा सहर पूर्ण रुपमा नियन्त्रण बाहिर गएको छ ।त्यसकारण ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका छन् । 

मेयर वाटसनले प्रदर्शनकारीहरूलाई "संवेदनशील" भनेर वर्णन गरे। उनले प्रदर्शनकारीले पटकपटक साइरन बजाउने र पटाका विस्फोट गरेको बताए ।

आन्दोलनका कारण राजधानीको सुरक्षा अवस्था बिग्रिएको उनले बताए । ट्रक चालकहरूले हप्तौ देखि पालमुनी बसेर सवारी साधन सडकमा राखेर अवरुद्ध गर्दै आएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित