२,५२६ जना संक्रमित थपिए, १६ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९९ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ८,४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २,५२६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार  ७३ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९२.९ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ । त्यस्तै आज ५ लाख १३ हजार ५१ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित