तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३० पटक पढिएको
दाङ, शान्तिनगर गाउँपालिका-५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-७ बस्ने ३२ वर्षीय वीर बहादुर रावत लगायत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस