चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्ष पछि फेस टु फेस वार्ता

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १०९ पटक पढिएको

झान्डै दुई वर्ष पछि चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच  फेस टु फेस वार्ता हुने भएको छ । यो भेट पछिल्लो समय युक्रेनको विषयलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला हुन लागेको हो । 

राष्ट्रपति सी पछिल्लो समय कोरोना महामारी तिब्र हुन थालेपछि सन् २०२० को जनवरीदेखि विदेश गएका छैनन् । खुशीको कुरा यो हो की अब उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमै भेट्ने भएका छन् । उनलाई यो अवसर बेइजिङ ओलम्पिकले जुटाइदिएको छ । 

पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुबै देशहरुले भेटअघि सुरक्षा र अन्य विषयमा उनीहरुको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन् । त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुने चिनिया संचारमाध्यमहरुले जनाएका छन्। 

पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ । रुसको पश्चिमा मुलुकहरुसँगकाे तनाव बढेसँगै चिनको सम्बन्ध रुससँग राम्रो बनेको हो । पुटिनले ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागीता जनाउने छन् ।  पुटिन सहभागीता जनाउने पहिलो विदेशी नेता बन्नेछन् । डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गरेका थिए । 

अहिले युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित