नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२९ पटक पढिएको

प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध म्यानमारको सैन्य सरकारले भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको छ । यसभन्दा पहिला सैन्य सरकारले सू कीविरुद्ध १० वटा मुद्दा दायर गरिसकेको छ । 

सेनाले देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई फेरि पनि हमाला गरेको समाचार आइरहँदा सरकारले सूकीविरुद्ध मुद्दा दर्ता गरेको हो । सो क्षेत्रमा सेनाले कारीब ४०० घरहरु जलाएको जनाइएको छ । 

उनले गैरकानुनी ढंगले आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई  ५ लाख ५० हजार सहयोग गरेको भन्दै उनि बिरुद्द प्रहरीले भ्रष्टाचार मुद्दा दायर गरेको हो । तर  अदालतले भने यसको बारेमा  सुनुवाइ गरेको छैन ।

सूकीलाई अदालतले यस अघी सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लंघन गरेको अभियोगमा ६ वर्ष जेल सजाय सुनाइ सकेको छ । गत वर्षको फेब्रुवरीमा निर्वाचित सरकारलाई कु गरेपछि सूकी घरमै नजरबन्दमा छिन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित