भारतमा थप ७२ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३१ पटक पढिएको
पछिल्लो २४ घण्टामा भारतमा थप ७२ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।
अहिले भारतमा सक्रिय कोरोना सङ्क्रमितको संख्या १५ लाख ३३ हजार ९२१ जना पुगेको छ । लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ ।
हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर घर फर्किसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस