पर्सामा बाइक चोरी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१९ पटक पढिएको
पर्सामा बाइक चोरी भएको छ ।

वीरगंज महानगरपालिका-१५ भिष्वा चोकमा पर्किङ गरी राखेको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-२ बस्ने २० वर्षीय मोहमद अलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बारा फेटा गाउँपालिका-३ बस्ने ३१ वर्षीय नरेश प्रसाद साहको उक्त मोटरसाइकल पार्किङ गरी राखेकोमा अलीले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी भिष्वाडाडाँबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस