पाकिस्तानमा आतकंवादी आक्रमण हुँदा एक सैनिकको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०१ पटक पढिएको
पाकिस्तानमा आतकंवादी आक्रमण भएको छ । बलुचिस्तान प्रान्तको नोस्की र पञ्जगुरमा पाकिस्तानी अर्धसैनिक बलको कार्यालयमा भएको आक्रमणमा कम्तीमा एक सैनिकको मृत्यु हुनका साथै दुई जना घाइते भएका छन् ।
पञ्जगुरमा आतंककारीहरूले दुई ठाउँबाट सेनाका अधिकारीहरूको कार्यालयमा प्रवेश गर्ने खोजेको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । समयमै गरिएको कारबाहीको बाबजुत आतकंवादी हमला विफल बनाउन सफल भएको सेनाले जनाएको छ ।
नोस्कीस्थित फ्रन्टियर कोर्प्सको कार्यालयमा पनि आतकंकारीहरुको प्रवेश असफल भएको सेनाले जनाएको छ । सेना र आक्रमणकारीको हमलामा चार आक्रमणकारीको मृत्यु भएको छ भने एक सैनिक घाइते भएका छन् ।
नवगठित पृथकतावादी संगठन बलुचिस्तान नेश्नलिस्ट आर्मीले ट्वीट गर्दै आक्रमणको जिम्मेवारी लिएको छ। बलुचिस्तानका आन्तरिक मन्त्री मिर जियाउल्लाह लांगुले बीबीसीसँग कुरा गर्दै दुवै आक्रमणको पुष्टि गरेका छन्।
आक्रमणको जिम्मेवारी नवगठित पृथकतावादी संगठन बलुचिस्तान नेश्नलिस्ट आर्मीले लिएको छ। आर्मीले ट्वीट गर्दै उक्त्त घटानाको जीम्मेवारी लिएको हो ।
बीबीसीसँग कुरा गर्दै बलुचिस्तानका आन्तरिक मन्त्री मिर जियाउल्लाह लांगुले दुवै आक्रमणको पुष्टि गरेका छन्।