फर्पिङबाट बिल बिनाको करिब १३ केजी चाँदी जस्तो देखिने सामानसहित एक पक्राउ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २४६ पटक पढिएको
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट बिल बिनाको करिब १३ केजी चाँदी जस्तो देखिने सामानसहित बारा सिम्रौनगढ नगरपालिका-८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार साहलाई उक्त सामान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस