देउवासँग छलफल गर्न दाहाल र नेपाल प्रधानमन्त्री निवास
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१८ पटक पढिएको
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच बालुवाटारमा छलफल भएको छ । बुधबार दिउँसो शेर बहादुर देउवासँग छलफल गर्न दाहाल र नेपाल प्राधानमन्त्री निवास पुगेका थिए ।
"एम.सि.सि पास गर्न दुई पार्टीका नेताहरुले सहयोग गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाई थियो तर संशोधन नगरि पास गर्न आफु असहमत रहेको प्रचण्डको भनाई थियो , छलफल पश्चात एक नेताले भने ।”
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे सत्ता गठबन्धनमा समस्या नभएको बताए । एमसीसीमा सहमतिको विन्दु खोज्न लागि परेको मन्त्री कार्कीले बताए ।
साथै देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताएका थिए । स्थानीय चुनावको मिति भने अब बस्ने मन्त्रिपरिषद बैठकबाट तय गरिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।