आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक विदा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३१ पटक पढिएको

 

तामाङ समुदायले हरेक बर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। तामाङ समुदायले नयाँ वर्षको रुपमा यो पर्ब मनाउने गर्छन्।

देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

बागमती प्रदेशमा तामाङ जातिको चाप निकै रहेकोले यस प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ। यस चाडको अवसरमा

सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

सोनाम ल्होसारको अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने चलन थियो तर यस वर्ष भने  ओमिक्रोन भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित