दक्षिण कोरिया फिफा विश्वकप फुटबलका लागि छनोट
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९८ पटक पढिएको
दक्षिण कोरिया आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।
मंगलबार एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा दक्षिण कोरियाले सिरियामाथी २-० गोलको अन्तर निकाल्दै दशौँ पटक विश्वकपमा आफ्नो स्थान बनाएको हो ।
दक्षिण कोरियाले सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको थियो । कोरियाले सन् १९८६ देखि लगातार विश्वकप खेल्दै आइरहेको छ । सन् २००२ मा घरेलु मैदान र जापानमा भएको विश्वकपमा सेमिफाइनलको यात्रा बनाउनु दक्षिण कोरियाको आजसम्मकै उत्कृष्ट नतिजा हो ।
तेस्रो चरणको समूह ए को खेलमा दक्षिण कोरियालाई २-० को जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरेका थिए ।
जितसँगै दक्षिण कोरिया २० अंक सहित दोस्रो स्थानमा छ ।
इरानले पछिल्लो खेलमा युएईलाई १-० ले पराजित गरेसँगै २२ अंकसहित शीर्ष स्थानमा छ ।
एसियाली क्षेत्रको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई-दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् ।