भारतमा एक लाख ६१ हजार नयाँ कोरोना संक्रमित

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३५ पटक पढिएको

पछिल्लो २४ घन्टामा भारतमा एक लाख ६१ हजार नयाँ कोरोना  संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार उल्लेखित संक्रमित थपिएका हुन् ।  

सो अवधिमा भारतमा कोरोनाका कारण १ हजार ७३३ जनाको मृत्यु भएको छ । कोरोनाबाट निको भई घर फर्किनेको संख्या २ लाख ८१ हजार १०९ पुगेको छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख २१ हजार ६०३ रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित