प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९९ पटक पढिएको

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण पुष्टी भएको छ । ट्वीट गर्दै  सोमबार उनले आफूलाई कोभिड संक्रमण भएको जानकारी दिएका छन् ।

उनले भने, ‘ मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु ‘। उनले सोही ट्वीटमार्फत क्यानाडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन  पनि आग्रह गरेका छन् ।

गएको  हप्ता उनले आफ्नो एक जना सन्तानलाई कोरोना देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्वीटरबाटै दिएका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित