लागूऔषध सहित ४ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२७ पटक पढिएको

सुनसरी, धरान उपमहानगरपालिका-१३ शिवधाराबाट करिब २० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २९ वर्षीय भरत मगर समेत ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

संघिय प्रहरी ईकाइ कार्यालय धरान, ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी सो कोठामा बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।

साथै घटनाको थप अनुसन्धानको क्रममा धरान उपमहानगरपालिका-१९ बस्ने २६ वर्षीय जनम मगरलाई करिब ४ ग्राम, सोही उपमहानगरपालिका-३ बस्ने २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजिव मगरलाई करिब ७ ग्राम गरी थप ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित