क्यापिटल हिल आक्रमणमा संलग्न आफ्ना समर्थकहरूलाई माफी दिने : ट्रम्प
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८७ पटक पढिएको
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने निर्वाचनमा आफुले जितेमा क्यापिटल हिल आक्रमणमा संलग्न आफ्ना समर्थकहरूलाई माफी दिने संकेत गरेका छन् ।
अमेरिकाको क्यापिटल हिलमा गत वर्ष ट्रम्प समर्थकहरूले आक्रमण गरेका थिए । उक्त झडपमा पाँच जनाको ज्यान गएको थियो ।
ट्रम्पले शनिबार एक प्रदर्शन मा भने, `यदि म चुनाव लडेर जिते भने गत वर्ष जनवरी ६ मा भएको घटनाका बारे निष्पक्ष छानबिन गर्छु, यदि माफीको आवश्यकता परे उनीहरुलाई माफी पनि दिनेछु, उनीहरुका साथ अन्याय भइरहेको छ ।`
२०२१ को जनवरीमा, ट्रम्प समर्थकहरूले क्यापिटल हिलमा तोडफोड र हिंसा गर्दा एक सय भन्दा बढी प्रहरी अधिकारीहरू घाइते भएका थिए । यो हिंसात्मक भिडका कारण वाइडेनलाई अमेरिकी चुनावमा धाँधली गरेर चुनाव जितेको आरोप लागेको थियो ।
ट्रम्पले हिंसाको अघिल्लो दिन एक र्यालीमा हिंसा बढाउने अभिव्यक्ति दिएका थिए ।
७ सय भन्दा बढी प्रदर्शनकारीलाई क्यापिटल हिल हिंसामा गिरफ्तार गरिएको थियो । पक्राउ हुनेमध्य १५० जनाले प्रहरी माथि हमला गरेको आरोप छ भने ५० जनालाई षडयन्त्र गरेको आरोप छ ।