इमरान खानले जनाए असन्तुष्टि
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१२ पटक पढिएको
भारत प्रशासित कश्मिरमा भएको मानवअधिकार उल्लघंनप्रति पश्चिमा देशहरु नबोलेको भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले असन्तुष्टि जनाएका छन्।
प्रधानमन्त्री खानले शनिबार इस्लामावादमा चिनियाँ पत्रकारहरुसँग कुरा गर्दै मानवअधिकार उल्लघंनबारे नबोलेका पश्चिमा देश चीनले मुसलमानहरुलाई दुव्र्यवहार गरेको भन्दै बोलेपछी आपत्ती जनाएका हुन् ।
उनले भने, उनीहरु चीनका वीगरका मुसलमानका कुरा गर्छन्, भारतको कब्जामा रहेको कश्मिरबारे पश्चिमा देश कुरा गर्दैनन्, त्यहाँ भारतले सबैभन्दा धेरै मानवअधिकार उल्लघंन गरेको छ ।
कश्मिरमा ९० लाख मानिसहरुको हालत खराब अवस्थामा रहेको पनि खानले बताए । जुन भारतको कब्जामा रहेको छ । खानले चीनले मुसलमानप्रति गरेको व्यवहारप्रति पश्चिमा देशहरुले धेरै आलोचना गर्ने गरेको बताए। तर पाकिस्तानका राजदुतले उक्त क्षेत्रमा गरेको भ्रमणमा त्यस्तो नपाएको बताए ।
शीतकालीन ओलम्पिकको उद्घाटन गर्नको लागि खान चीन जाँदैछन् । उनले चीन जानुअघि चिनियाँ पत्रकारसँग कुराकानी गरेका हुन् ।