गठबन्धनको बैठक दिउँसो चार बजे पुनः बस्ने गरी सकिएको छ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१३ पटक पढिएको

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक दिउँसो चार बजे पुनः बस्ने गरी सकिएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्ने भनि बसिएको थियो ।

तर उक्त्त बैठक बिना निर्णय नै सकिएको थियो । दिउँसो ४ बजे पुन: बस्ने बैठकले त्यस सम्बन्धमा महत्वपुर्ण निर्णय गर्नेछ।  छलफल धेरै गनुपर्ने र विहान समय अभावका कारण निर्णय लिन समस्या भएकाले बैठक टुंग्याइएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।

सत्तारुढ दलहरू स्थानीय तहको निर्वाचन मात्रै नभई तीन तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न माग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित