एउटा कारमा बन्दुक चल्दा कम्तीमा चार जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३०२ पटक पढिएको
पाकिस्तानको बलुचिस्तानको राजधानीस्थित क्वेटाको एक रोडमा एउटा कारमा बन्दुक चल्दा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

क्वेटाको सरायब रोडमा एक अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
किन बन्दुक चलाईयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा बाबु र छोराको पहिचान भैसकेको छ । यो घटना भन्दा पहिले २४ जनवरीमा एक अज्ञात हमलाकारीले लाहोर प्रेस क्लब बाहिर हुसेन शाह नामका अपराधका संवाददातालाई गोली हानी हत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस