अस्ट्रेलियाले बालबालिकालाई दिन थाल्यो बुस्टर डोज
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ९९ पटक पढिएको
अस्ट्रेलियाली ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनले १६-१७ वर्षका बालबालिकाहरूलाई कोभिड विरुद्ध बूस्टर डोजहरू दिन अनुमति दिएको छ।

ओमिक्रोनका कारण कोभिडको नयाँ भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दै गएकाले थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशनले १६ देखि १७ वर्षका बालबालिकालाई फाइजरको बुस्टर डोज लिन अनुमति दिएको छ।
बुस्टर डोज दिनेहारुमा इजरायल, बेलायत र अमेरिका रहेका छन् । यि देशहरुले पनि १६ देखि १७ वर्षका बालबालिकाहरूलाई बुस्टर डोज दिरहेका छन् ।
कोभिडविरुद्धको खोप लगाउने देशहरुको सूचीमा सबै भन्दा अगाडी अस्ट्रेलिया छ ।
अहिलेसम्म ९३ प्रतिशत वयस्कहरूलाई पूर्ण खोप लगाइएको छ, जबकि १८ वर्षभन्दा माथिका ३५ प्रतिशतले बूस्टर डोज पाएका छन्।
सरकारले जनवरी सुरुदेखि ५-११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस