८,०१७ जना संक्रमित थपिए, १५ को मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३१७ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ५२९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८,०१७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ८९.१ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ पुगेको छ । त्यस्तै आज ५ लाख ५४ हजार ५ सय ६६ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित