आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०६ पटक पढिएको

आफ्नै बुवा ८० बर्षिय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ बस्ने ३५ बर्षिय जय बहादुर खत्रीलाई बुधवार राती प्रहरिले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसि बिषयमा बादबिवाद तथा झै-झगडा हुँदा आफ्नै बुवालाई कुटपिट गरी घांटी थिचेर हत्या गरेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डांगाबजार र ईलाकाप्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरिले उन्लाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरिले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित