आज सम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित : दक्षिण कोरिया
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १७० पटक पढिएको
दक्षिण कोरियामा एकै दिनमा आज सम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित देखिएका छन् । त्यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार अहिले एकै दिनमा १४ हजार जनाभन्दा बढी संक्रमित थपिएका छन् ।

त्यहाँ गएको २४ घन्टामा १४ हजार ५७१ जना संक्रमित थपिएका राससले जनाएको छ । हालसम्म आइपुग्दा दक्षिण कोरियामा जम्मा कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजारभन्दा बढी पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट धेरै मात्रामा फैलिएको छ ।
ओमिक्रोन भेरियन्ट फैलिएपछी त्यहाँ पछिल्ला दिनहरूमा अस्पताल भर्ना हुनेहरूको संख्या ह्वात्तै बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । त्यहाँ सबैभन्दा बढी संक्रमित राजधानी सिउलमा देखिने गरेका छन् । त्यहाँ गएको २४ घन्टामा ३४ जनाको निधन भएको छ । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ६ हजार ६५४ जना पुगेको छ ।