थप ४,४३३ जना कोरोना संक्रमणमुक्त भएका छन्
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३२० पटक पढिएको
पछिल्लो २४ घण्टामा थप ४,४३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८,४५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ५९ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ८९,१ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको छ । त्यस्तै आज २ लाख ५६ हजार ४ सय १६ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस