३८.४५ अंकले घट्यो नेप्से
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १८४ पटक पढिएको
बुधवार अर्थात साताको चौँथो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधवार नेप्से ३८.४५ अंकले घटेर २७७६.६१ मा पुगेको छ ।

परिसूचक ३८.४५ अंकले घटेसँगै सबै समुहमा पहिरो आएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै कारोबार रकममा पनि ह्रास आएको छ । बुधवार कुल ९३ लाख ५८ हजार ७ सय कित्ता किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
बुधवार धेरै कमाउने कम्पनीहरुमा WNLB र BNHC रहेका छन् । यी दुवै कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
त्यस्तै धेरै घाटा बेहोर्ने कम्पनीहरुमा PFL र CFCL रहेका छन् ।
प्रतिक्रिया दिनुहोस