दक्षिण सुडानको दुई जातिबीच दंगा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११४ पटक पढिएको

दक्षिण सुडानको जान्गेली राज्यमा दुई जातिबीच दंगा भएको छ । दंगामा परी कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरीले मंगलबार उक्त्त जानकारी दिएको हो । प्रदेश प्रहरीका अनुसार छिमेकी राज्य पिबोरका नागरिकहरूको समूहले आक्रमण गरेको हो। सो घटनामा ३२ जनाले ज्यान गुमाएका छन्  भने दर्जनौँ घाइते भएका छन् ।

स्थानीय जातीय समुदायबीचमा समय समयमा हुने हिंसामा परी सुडानमा बर्षेनी धेरै मानिसहरुको मृत्यु हुने गरेको त्यहाँको न्युज एजेन्सिले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित