लिपुलेक-लिम्पियाधुराको जनसंख्या पनि गणना
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५५ पटक पढिएको
नेपालको जनगणना २०७८ मा लिपुलेक-लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ। बिभागका अनुसार अहिलेको जनगणनामा नेपालले भारतको नियन्त्रणमा रहेको नेपाली भूमि लिपुलेक र लिम्पियाधुराको जनसंख्याको पनि समेटिएको छ ।

गणकहरू प्रत्यक्ष रूपमा लिपुलेक र लिम्पियाधुरामा पुग्न नसके पनि अप्रत्यक्ष विधि बाट जनगणना गरिएको विभागको तर्क छ।
यस भन्दा अघी बिभागले २०१८ सालमा त्यहाँको जनगणना गरेको थियो ।
त्यसपश्चात यि क्षेत्रहरुमा भारतीय सेना आएर बसेपछि नेपालले जनगणना गरेको थिएन ।
२०७७ जेठमा केपी ओलि सरकारले लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ चुच्चे नक्सा जारी गरेको थियो। उक्त नक्सा जारी भएपछि गरिएको पहिलो जनगणनामा लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि समावेश गरिएको हो। प्रारम्भिक नतिजा अनुसार अहिलेको नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ।
लिपुलेक र लिम्पियाधुराको जनसंख्या अन्तिम परिणाममा समावेश हुने बिभागले बताएको छ । प्रारम्भिक नतिजाभन्दा अन्तिम परिणाम २ देखि ३ प्रतिशतसम्म तलमाथि हुनसक्ने विभागले जनाएको छ। प्रारम्भिक नतिजाअनुसार नेपालको अहिलेको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ।