१२,००८ जना संक्रमित थपिए, ८ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११३ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ३,०४० जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२,००८ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९ सय ९ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ८८  हजार ९ सय ३४ रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ८९,२ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६७ पुगेको छ । त्यस्तै आज २ लाख ५९ हजार ८ सय ५१ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित