पाँच जनालाई प्रहरीले हिरासतमा राख्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३३६ पटक पढिएको
पर्सा , प्रहरीले जगरनाथपुर गाउँपालिका-६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई हिरासतमा लिएको छ ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ३० वर्षीय मनमोहन प्रसाद यादव, ५५ वर्षीय नग राउत अहिर,६४ वर्षीय गोवारी राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन् । उनीहरुमध्ये गोवरी राउत, नग राउत र शत्रुधनलाई शनिबार तथा मनमोहन र रोहनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जगरनाथपुर गाउँपालिका-६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टु प्रसादको हत्या भएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले छिपहरमाई गाउँपालिका-६ भिष्वास्थित नेपाल भारत सीमाबाट हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको थियो।
अहिले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।