जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४९ पटक पढिएको
पाल्पामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय सागर चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका-६ बस्ने बर्दिया मधुवन नगरपालिका-३ घर भएका उनले जबरजस्ती करणी गरेका थिए ।

सागरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस