तेहोरो अंकले घट्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९३ पटक पढिएको

सोमबार अर्थात साताको दोस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक तेहोरो अंकले घटेको छ । सोमबार नेप्से १००.१० अंकले घटेर २८२०.४१ मा पुगेको छ । 

परिसूचक १००.१० अंकले घटेसँगै उत्पादनमूलक र अन्य समूहमा पनि पहिरो आएको छ । नेप्से परिसूचक तेहोरो अंकले घट्दा कारोबार रकममा अघिल्लो दिनको तुलनामा बृद्दी आएको छ । बुधवार कुल १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सोमबार धेरै कमाउने कम्पनीहरुमा डब्लु.एन.एल.बि र एस.पि.सि रहेका छन् । यी दुवै कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित