१०,७०३ जना संक्रमित थपिए, ३ को मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २१० पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ७६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १०,७०३ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९१.४ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको छ । त्यस्तै आज ३ लाख ७ हजार ४ सय १ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित