गुणस्तरहिन मह बेच्दै गर्दा पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३० पटक पढिएको
गुणस्तरहिन मह बेच्दै गरेको भन्दै महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३८ बर्षिय नरेश श्रेष्ठ भनिने नर बहादुर श्रेष्ठलाई मह बनाउनको लागी प्रयोग गरिने विभिन्न प्रकारका सामाग्री,मेसिन तथा गुणस्तरहिन सामानहरु सहित पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक निवासी श्रेष्ठले ७ बर्स अघिदेखी गुणस्तरहिन मह बेच्दै आएको प्रहरीले जनाएको छ । उनि ठमेल ज्याठामा बसेर उक्त्त व्यवसाय संचालन गर्दै आइरहेका थिए ।
प्रहरीले उनको साथबाट बरामद गरेका सामानहरु:
१. गुणस्तरहिन तयारी मह ६०० के.जी ।
२. कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी । ।
३. ग्लुकोज ५०० के.जी ।
४. चिनी १०० के.जी ।
५. वेइघ्त मेसिन थान-१
६. लेभल मेसिन थान-१
७. सिल मेसिन थान-१
८. पेट्राइज मेसिन थान-१
९. स्टोरेज मेसिन थान-१
१०. स्पर्स हनीका लेभलहरु ( स्टिकर )
११. पेट जार अ. १००० पिस
प्रतिक्रिया दिनुहोस