मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०६ पटक पढिएको

धनगढीमा मोबाइल चोरेको आरोपमा दुई जना प्रहरीहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढालाई हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान थालिएको छ ।

प्रहरीको टोली गत माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा पुगेको थियो । लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो, कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने । सोही क्रममा ब्राउन सुगरसहित तीनजना लागूऔषध कारोबारी पक्राउ परेका थिए ।

सीसीटीभी फुटेजमा प्रहरी टोलीमा गएका तिनिहरुले एक–एक मोबाइल चोरी गरेको देख्न सकिन्छ ।

अधिकारीले भने,‘उनीहरूबाट एउटा-एउटा मोबाइल चोरी भएको फुटेजमा देखियो, ती मोबाइल बरामद भइसकेको छ ।’

प्रहरीले पक्राउ परेकालाई शुक्रबार म्याद थपका लागि अदालत लैजाने तयारी गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित