साताको अन्तिम दिन नेप्से बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०४ पटक पढिएको

बिहिबार अर्थात साताको अन्तिम दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहिबार नेप्से ३२.९६ अंकले बढेर २९३१.२६ मा कायम भएको छ । 

परिसूचक ३२.९६ अंकले बढे पनि उत्पादनमूलक र अन्य समूहमा भने खासै सुधार आएको छैन । हिजोको तुलनामा कारोबार रकममा पनि ह्रास आएको छ । बिहिबार कुल १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बिहिबार धेरै कमाउने कम्पनीहरुमा एम.के.जे.सि, टि.पि.सि, बि.एन.एच.सि, न्यादी र जि.एल.आइ.सि.एल रहेका छन । एम.के.जे.सि र  टि.पि.सिको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित