आन्तरिक हवाई उडानहरु प्रभावित

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२४ पटक पढिएको

मौसममा खराबी आएपछी आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । बिहीबार बिहानैदेखिको खराब मौसमका कारण तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् । 

त्रिभुवन विमानस्थलका अनुसार  भैरहवा विमानस्थल,भरतपुर विमानस्थल र  विराटनगर विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् । 

मौसममा क्रमिक सुधार भएसँगै सिमरा विमानस्थल भने खुलेको छ । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा हिमपातका कारण लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा भने  उडानहरु प्रभावित भएका छन् ।

यी क्षेत्रहरुको भिजिविलिटी कम्तिमा १६०० हुनुपर्नेमा १ किलोमिटर भन्दा कम रहेकाले उडानमा समस्या आएको विमानस्थलको भनाइ छ ।

यसैबिच, अन्तर्राष्ट्रिय उडान तर्फ भने अहिलेसम्म कुनै समस्या नआएको प्रवक्ता सिटौलाले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित