विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाए

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४१ पटक पढिएको

लगातार भैरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन् ।

उनिहरुले बिहीबार काठमाडौंको अमृत साइन्स क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । बिरोधिहरु अनेरास्ववियु निकट विद्यार्र्थीहरु हुन् ।

प्रधानमन्त्रीको पुत्ला दहन गर्दै नाराबाजी लगाएपछी प्रहरीले हस्तक्षेप गरेको थियो । विद्यार्थीहरुले सरकार बिउँझेला हल्ला नगरौं, देउवा सरकारको ठूलो उपलव्धी, मूल्यवृद्धि फिर्ता गर जस्ता नाराहरु लगाउँदै बिरोध प्रदर्शन गरेका थिए ।  

कोरोनाले हरेक व्यक्त्तीहरुको अवस्था सिथिल भईरहेको बेला दैनिक उपभोग्य सामग्रीहरुका साथै पेट्रोलियम पदार्थहरुको मूल्यवृद्धि भएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अनेरास्ववियु अस्कलका अध्यक्ष रुद्रहरी पोखरेलले बताए । 

बुधबार मध्यरातिदेखि लागू हुने गरी  नेपाल आयल निगमले डिजल, पेट्रोल,  र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित