ब्राजिलियन पुर्ब फुटबलर रोबिन्होलाई नौ वर्ष जेल

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १७६ पटक पढिएको

ब्राजिलियन पुर्ब फुटबलर तथा रियल मड्रिडका पुर्व खेलाडी रोबिन्होलाई सन् २०१७ मा इटालीकाे अदालतले नौ वर्षको जेल सजाय सुनाएको थियो ।

एक अल्बेनियन महिलालाई बलत्कार गरेको निहुँमा उनि सहित पाँच ब्राजिलियनलाई २०१३ मा मुद्दा दायर गरिएको थियो । उक्त्त मुद्दामा दोषी ठहर गरी उनलाई नौ वर्षको जेल सजाय सुनाइएको थियो।

रोबिन्होले आफू निर्दोष भएको भन्दै इटालीको सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर बिहीबार सर्वोच्च अदालतले यसअघि कै फैसलालाई सदर गरेको छ ।

एसी मिलानबाट समेत खेलेका रोबिन्हो अहिले ब्राजिलमा छन् ।

ब्राजिलको संविधान अनुसार ब्राजिलका नागरिकलाई विदेशी भूमिमा गरेको अपराधमा पक्राउ गर्न पाइँदैन । त्यसैले उनलाई न त ब्राजिलमा पक्राउ गरिने छ न त इटालियन प्रहरीलाई नै सुम्पिईनेछ।

३७ वर्षीय रोबिन्होले ब्राजिलको राष्ट्रिय टोलीबाट १०० खेल खेलिसकेका छन् ।

सान्तोसबाट आफ्नो क्लब करियर सुरु गरेका रोबिन्हो सन् २००५ मा रियल म्याड्रिडमा आवद्द थिए। त्यहाँ उनले दुईवटा स्पेनिस ला लिगा खेल जिते । त्यसपश्चात उनले सन् २००८ मा म्यानचेस्टर सिटीका लागी खेल्न थाले। तर सिटीमा सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि उनी सान्तोस नै फर्किएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित