तिनाउ नदी किनारमा ढिस्को खस्दा दुइ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५६ पटक पढिएको

महेन्द्र राजमार्ग स्थित बुटवलको तिनाउ नदी किनारमा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ । आगो तापिरहेको अवस्थामा उनिहरुमाथी माटोको ढिस्को खसेको थियो । मृत्यु हुनेमा ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् । उनिहरु त्यहिँका स्थानीय बासिन्दाहरु रहेको खुलेको छ ।

उक्त्त ढिस्को खस्दा ५ जना घाइते भएका थिए । जसमध्य उपचारका क्रममा उल्लेखित दुइ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ढिस्कोले पुरिंदा, ३३ वर्षका सलिम अली ,३२ वर्षीय अशोक गाहा र २३ वर्षीय केशव पुरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित