एकै दिन तीन लाख सत्र हजार जनामा कोभिड संक्रमण
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७५ पटक पढिएको
भारतमा एकै दिन तीन लाख सत्र हजार जनामा कोभिड संक्रमण पुष्टी भएको छ । यो कोभिडको तेस्रो लहर आएपछी कै उच्च दर को संक्रमण संख्या हो ।
अहिले भारतमा दिनहुँ लाखको संख्यामा कोरोना संक्रमण देखिन थालेको छ । भारतको सबै राज्यमा अहिले ओमिक्रोन भाइरसको संक्रमण देखिएको छ ।
भारतमा आजको मिती सम्म आठ हजार दुइ सय नौ जनामा ओमिक्रोन देखिएको छ । भारतको बिभिन्न राज्यहरु मध्य सबैभन्दा बढी ओमिक्रोन संक्रमित महाराष्ट्रमा भेटिएका छन् ।
भारतीय समाचार एजेन्सिका अनुसार ,पछिल्लो २४ घन्टामा कोभिडबाट चार सय एकचालिस जनाको मृत्यु भएको छ । कोभिड संक्रमण बढेसँगै सरकारले कोरोनाको खोप अभियानलाई अझै तीव्र पारेको छ ।
प्रतिक्रिया दिनुहोस