३८.३५ अंकले घट्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२८ पटक पढिएको

बुधवार अर्थात साताको चौँथो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधवार नेप्से ३८.३५ अंकले घटेर २८९८.३१ मा पुगेको छ । 

परिसूचक ३८.३५ अंकले घटेसँगै उत्पादनमूलक र अन्य समूहमा पहिरो आएको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्यो भने कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ह्रास आएको छ । बुधवार कुल १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बुधवार धेरै कमाउने कम्पनीहरुमा बि.एन.एच.सि  र एस.पि.सि रहेका छन । यी दुवै कम्पनीको शेयर लगभग १० प्रतिशतले बढेको छ । 

त्यस्तै धेरै घाटा बेहोर्ने कम्पनीहरुमा जि.एच.एल  र के.एम.सि.डि.बि रहेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित