निगम अनुमानित रु.१९ अर्ब २६ करोड घाटामा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०२ पटक पढिएको
चालु आर्थिक बर्षको पुस मसान्तसम्मको ६ महिनाको अवधिमा निगमले अनुमानित रु.१९ अर्ब २६ करोड घाटा बेहोरेको छ ।
नेपाल आयल निगमका सह-प्रवक्ता , पुष्कर कार्किले एक प्रेस बिज्ञप्तिमा भने, "यदि जनवरी 16, 2022 मा प्राप्त नयाँ मुल्यअनुसार निगमले मुल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा निगमले थप रु. २ अर्ब २४ करोड घाटा बेहोरी यस आर्थिक बर्षको माघ १७ ,२०७८ सम्ममा रु.२१ अर्ब ५० करोड घाटा बेहोर्नु पर्ने अवस्था देखिन्छ।"
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मुल्य अनुरुप निगमको आपुर्तिकर्ता इन्डियन आयल कर्पोरेसनबाट हिजो मिति २०७८ /१०/०२ मा प्राप्त नयाँ मुल्य बमोजिम निगमलाई १५ दिनमा निम्न बमोजिम करिब रु.२ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको छ।
१- पेट्रोल रु. १३.१८ घाटा/लिटर
२- डिजेल रु. ८.८१ घाटा/ लिटर
३- मट्टीतेल रु. २०.५० नाफा/लिटर
४- हवाई इन्धन रु. १४.७३ नाफा/ लिटर
५- एल.पि. ग्यास रु. ६४६.१६ घाटा/ सिलिन्डर
यसको व्यवस्थापनको लागि निगमले ऋण लिनुपर्ने वा मुल्य स्थिरिकरण कोषमा बांकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको कार्कीले बताए।