समन्वय समितिको बैठक बालुवाटारमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११४ पटक पढिएको

सत्तारुढ दलको राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बसेको छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणालगायतका विषयमा पनि छलफल भएको थियो ।

छलफलमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । राजनीतिक समन्वय समितिमा सत्तारुढ गठबन्धनका पाँच दलका ११ सदस्य छन् ।

संयोजन समितिको संयोजकमा कांग्रेस नेता रामचन्द्र पौडेल छन् । दुई महिनाभित्र संयोजक परिवर्तन गर्ने सहमतिअनुसार समिति गठन भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा–माओवादी केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरु सहभागी छन् ।

स्रोतका अनुसार आजको बैठकमा संघीय संसद् र आगामी माघ १५ गते हुने राष्ट्रियसभाको निर्वाचनलाई सुचारु गर्न सत्तारुढ गठबन्धनको रणनीतिबारे पनि छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संघीय संसद अवरुद्ध गर्दै आएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित