बिहिबार शेयर कारोबार रकममा ह्रास
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२५ पटक पढिएको
बिहिबार अर्थात साताको पाँचौ दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहिबार नेप्से ५४.१२ अंकले बढेर २८५७.७५ मा पुगेको छ ।

परिसूचक ५४.१२ अंकले बढेसँगै उत्पादनमूलक र अन्य समूहमा पनि सुधार आएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेपनी हिजोको तुलनामा कारोबार रकममा भने ह्रास आएको छ । आज कुल १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
बिहिबार धेरै कमाउने कम्पनीहरुमा एम.बि.जे.सि , एम.एच.एन.एल, के.आर.बि.एल र एस.एस.एच.एल रहेका छन । यी दुवै कम्पनीको शेयर मूल्य लगभाग १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस