सोमालियामा कार बम विस्फोटमा परी आठ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११६ पटक पढिएको
सोमालियाको राजधानी मोगादिसु नजिक भएको कार बम विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । विस्फोटमा परी एक जना घाइते भएका छन् ।
विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर विगतमा अल-कायदासँग सम्बन्धित इस्लामिक चरमपन्थी समूह अल-शबाबले यस्ता घटनाहरूको जिम्मेवारी लिँदै आइरहेको छ।
एक स्थानीय मोहमद ओस्मानले रोयटर्सलाई भने," विस्फोट यति शक्तिशाली थियो कि म नमाज पढिरहेको मस्जिदको पर्खाल र छानामा क्षति पुगेको थियो ।" बाहिर निस्कँदा धेरै घर भत्केका र सडकमा मानिसका हातखुट्टा छरिएका देखेँ । तर, भाग्यले बाँचेको छु । उनले भने ।
प्रतिक्रिया दिनुहोस